About Our school

Students playing on a traditional bamboo swing (Linge Ping) at Narmadeshwar Aadarsha Sanskrit Bidyapheet Gurukul during a festival celebration.

परिचय

प्रदेश नम्बर ७ सुदूरपश्चिम प्रदेश धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फुलबारी इ गाउँ शिवपुरी टोलमा अवस्थित रहेको हाम्रो यस श्री नर्मदेश्वर आदर्श संस्कृत विद्यापीठ गुरुकुल २०७२ सालमा गुरुकुल स्थापना गर्न महायज्ञको आयोजना गरी सुरुवात भएको हो। धर्म संस्कृति परम्परा जगेर्नाका लागि यस क्षेत्रमा बसोबास गर्नुहुने अग्रज व्यक्तित्व गुरुहरू ले गुरुकुलको आवश्यकता महसुस गरी उक्त कार्यको थालानी गर्नुभएको हो। यहाँ पहिले अनौपचारिक रुपमा गुरु लोकनाथ भण्डारी ज्यूले पढाउन थालनी गर्नुभएको थियो। त्यस कार्य लाई निरन्तरता दिनका लागि २०७२ साल वैशाख महिनामा श्रीमद्भागवत महायज्ञ को आयोजना गरिएको रहेछ महायज्ञ पश्चात् २०७२ साल चैत्र ३० गते जिल्ला शिक्षा कार्यालय कैलालीमा संस्थागत रूपमा कक्षा १ बाट स्थापना भएको थियो। त्यसबखत संस्थागत प्रधानाध्यापक गुरु श्री लोकनाथ भण्डारी नै रहनुभएको थियो। त्यसपश्चात् गुरु श्री सोमनाथ खतिवडा ज्यूले प्रको पदभार जिम्मा लिनुभयो। संस्थागत रूपमा कक्षा १ रहेता पनि अनौपचारिक रुपमा रहेता पनि गीता चण्डी रुद्री वेद आदि विषयहरूको पढाइ भइरहेको थियो। २०७८ सालमा गुरु श्री बालकृष्ण पौडेलले यस संस्थामा प्रधानाध्यापकको जिम्मेवारी प्राप्त गर्नुभयो। त्यसपश्चात क्रमिक रुपमा कक्षा २ ३ र २०८२ सालबाट कक्षा चार पनि सञ्चालन भई रहेको छ कहिले गुरुकुलमा ३५ जना बटुकहरू अन्य विद्यालयको जस्तै गरी विद्यालय समयमा नै पठनपाठन गरिरहेका छन्

Scroll to Top