२०७२ सालदेखि स्थापना भएको संस्कृति परम्पराको जगेर्नाका साथै नयाँ पुस्तालाई भाषा तथा संस्कृतिको पुस्तान्तरणका लागि विगत केही वर्षदेखि अध्ययन अध्यापन गराइरहेको सबैलाई अवगत नै छ। यस संस्थालाई थप विकास र समृद्धिमा अगाडि बढाउनका लागि सबैको साथ सहयोगको अपेक्षा गरिएको छ। आगामी दिनमा यस संस्थालाई संस्कृति परम्पराका साथै वैदिक आयुर्वेद सहितको अध्ययन अध्यापन गराउने लक्ष्य पनि राखिएको छ। र यसको दिगो स्रोत जुटाउनका लागि अक्षय कोषको व्यवस्थाका लागि पहल कदमीलाई अगाडि बढाउँदै सबैसँग अक्षय कोषमा जोडिनुहुन अनुरोध गर्दछु।